‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ


सुर्खेत– कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
यसअघि तीन वटा चिस्यान केन्द्र रहेको सुर्खेतमा पछिल्लो समय थप दुईवटा चिस्यान केन्द्र सञ्चालनमा आएसँगै चिस्यान केन्द्रको सङ्ख्या पाँच पुगेको छ । सुर्खेतका तीन पालिका गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी र वीरेन्द्रनगरमा स्थापना गरिएका यी चिस्यान केन्द्र दुई हजार पाँचसय मेट्रिक टनसम्म तरकारी तथा फलफूल राख्न सक्ने क्षमताका रहेको प्रदेश सरकार कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले अदुवा, प्याज सुन्तला ड्रागन फ्रुट राख्न मिल्नेगरी चिस्यान केन्द्र निर्माण गरी सञ्चालन सुरु गरिएको जानकारी दिए । तर प्रत्येक चिस्यान केन्द्र पाँच सय मेट्रिक टनसम्म क्षमताका रहेको भन्दै विद्युत्को लो भोल्टेजका कारण सञ्चालनमा भने कठिनाइ भइरहेको रोकायको भनाइ छ ।
‘किसानले उत्पादन गरेको कृषि सामग्रीलाई लामो समय राख्न तथा खेर जान नदिन हामीले कोल्डस्टोर निर्माण गर्यो’ निर्देशक रोकायले भने, ‘विद्युत्को लो भोल्टेजका कारण सञ्चालनमा कठिनाइ छ ।’ सहज रुपमा सञ्चालन गर्न सकियो भने किसानलाई बजारीकरणसँगै खेर जाने समस्या कम हुने अपेक्षा रहेको उनले बताए । यसैबीच, आलुको बीउ भण्डारणको लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहाताल गाउँपालिकामा पाँच सय मेट्रिक टन क्षमताका पाँच वटा रष्टिक स्टोर सञ्चालनमा ल्याइएको निर्देशनालयले जनाएको छ ।
यसैगरी गुर्भाकोट र लेकबेँसी नगरपालिकामा दुई सय मेट्रिक टन क्षमताका दुईवटा बीउ भण्डारण केन्द्र स्थापना गरिएको निर्देशनालयका कृषिप्रसार अधिकृत तिलकप्रसाद पाण्डेको भनाइ छ । उनका अनुसार भण्डारण केन्द्रमा धान, मकै, गहुँ र तरकारीको बीउ भण्डारण गर्ने गरिएको छ भने सुर्खेतमा पाँच वटा सङ्कलन केन्द्र रहेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी