दूधकोशी, बूढीगण्डकी र नलगाड सरकारको प्राथमिकतामा : मन्त्री बस्नेत


काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको भन्दै सरकारले जलाशययुक्त आयोजना प्रथामिकतामा राखेको बताएका छन् ।
गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा उनले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयुक्त आयोजना निर्माण गर्नैपर्ने बताए ।
मुलुकको ऊर्जा आवश्यकता पूरा गर्न सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाढ जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ छ ।
‘अहिले बूढीगण्डकी परियोजनाको काम धेरै अघि बढेको छ, नलगाड पनि कार्यान्वयनका लागि तयारी अवस्था छ’, मन्त्री बस्नेतले भन्नुभयो । उनले मुलुकको विद्युत् उत्पादनको इतिहास एक शताब्दी नाघेको भए पनि पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको बताए ।
कार्यक्रममा संविधानसभा सदस्य छमबहादुर गुरुङ, गोरखामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरू सहभागी थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्