अविरल वर्षाका कारण तामाकोशीसहित ६४० मेगावाट जलविद्युत् उत्पादन बन्द


काठमाडौँ – निरन्तरको वर्षासँगै आएको बाढीको प्रभाव जलविद्युत उत्पादनमा पनि परेको छ । बाढीले आयोजनामा पुगेको क्षतिका कारण ६४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गए राति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ ।
यस्तै ६० मेगावाटको माथिल्ला त्रिशूली थ्री ‘ए’ र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट पनि विद्युत् उत्पादन बन्द भएको छ ।
यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ ।
यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए’, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशूली, पाँच मेगावाटको देविघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यसरी विभिन्न आयोजनाको विद्युत् उत्पादन प्रभावित भएपनि बिजुली अपुग भने नहुने प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता