भूमि अध्यादेशको विपक्षमा मधेश केन्द्रित आठ दल


काठमाडौं: मधेश केन्द्रित आठ दलीय गठबन्धनले भूमि अध्यादेशले दूरगामी असर पर्ने बताएको छ ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले विज्ञप्ति निकालेर आठ दलीय गठबन्धन भूमि अध्यादेशको विपक्षमा रहेको बताएका छन् ।
‘...अध्यादेशहरू विशेषतः भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र २० % भन्दा बढी मुनाफा लिन बन्देज रहेको ऐनको प्रावधानलाई विस्थापित गरी सो प्रावधान हटाउने कार्य भएको अध्यादेशले देशव्यापी बहस तीव्र आलोचनाको केन्द्रविन्दु रहेको छ’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फत अध्यक्ष त्रिपाठीले यी अध्यादेशहरुको व्यवस्थाप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले लिएको दृष्टिकोणको स्वागत गरेका छन् ।
जसपा नेपालको निर्णयले सार्वजनिक जग्गा, वनक्षेत्र, बुट्यान, हाट, हाटघाट, गौचर, बजार, राष्ट्रिय निकुञ्ज वा आरक्ष, मध्यवर्ती क्षेत्रको जग्गा, चुरे क्षेत्र को संरक्षण गर्न भूमिका खेल्ने विश्वास रहेको जनाइएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन