बागमती प्रदेशमा ९९.९७ प्रतिशत विद्युतीकरण


जलसरोकार
काठमाडौं ः देशको संघीय राजधानी रहेको बागमती प्रदेशका कुल १३ मध्ये ६ जिल्लामा शतप्रतिशत विद्युतीकरण भएको छ । बागमती प्रदेशको समग्र विद्युतीकरण ९९.९७ प्रतिशत पुगेको छ ।
विद्युत् प्राधिकरणको हालै प्रकाशित प्रतिवेदनअनुसार बागमतीका शत प्रतिशत विद्युतीकरण भएका जिल्लामा रामेछाप, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट र चितवन छन् ।
हालसम्म सिन्धुलीमा ९९.७६ प्रतिशत, दोलखामा ९९.९९, सिन्धुपाल्चोकमा पनि ९९.९९, काभ्रेपलाञ्चोकमा ९९.९५, रसुवामा ९९.७४ र मकवानपुरमा ९९.३३ प्रतिशत विद्युतीकरण भएको छ ।
कुल १६ लाख ९ हजार ६६ घरधुरी रहेको बागमतीमा ११ हजार ९ सय १३ वटा ट्रान्सफर्मर विद्यमान छन् । यो प्रदेशमा ३३ केभीको लाइन ८ सय ५३ किलोमिटर र ११ केभीको लाइन ११ हजार २ सय ८६ किलोमिटर छ । वितरणतर्फको एलटी लाइन भने ३४ हजार ५ सय ४५ किलोमिटर रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यो प्रदेशमा ३३÷११ केभीका १५ वटा सवस्टेशन निर्माण गरिरहेको छ । हाल ३३ वटा यस्ता सवस्टेशन छन् ।
बागमती प्रदेशमा विद्युत् प्राधिकरणको २६ वटा वितरण केन्द्र छन् । कुल १२ लाख ३७ हजार ९ सय ९७ ग्राहक रहेको बागमती प्रदेशमा प्राधिकरणले आव २०८०÷८१ मा ३३ अर्ब १६ करोड रुपैयाँ बिजुली बेचेर आम्दानी गर्यो।
प्राधिकरणले बागमती प्रदेशमा गत वर्ष ३ अर्ब ११ करोड युनिट बिजुली खपत गरेको थियो । बागमती प्रदेशभरि विद्युत् चुहावट जम्मा ५.६० प्रतिशत थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख