नेपालमा केही छैन भन्ने गलत भाष्य चिर्नुपर्छ : अध्यक्ष ढकाल


रुपन्देही: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु छन्, ती सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ ।’
यहाँको स्रोत साधनलाई उपयोग गरेर पर्याप्त अर्थोपार्जन गर्न सकिने बताउँदै उनले यहाँका वस्तुलाई ब्राण्डिङ मात्रै गर्नसक्ने हो भने पनि निर्यातका लागि कुनै समस्या नहुने भनाई राखे । नेपालमा प्राकृतिक स्राेत साधनको प्रचूर सम्भावना रहेको बताउँदै त्यसलाई क्यापिटलाइज (पूँजीकरण) गर्नुपर्नेमा जोड दिए ।
उनले यहाँ भएका स्रोत-साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रशस्त सिर्जना गर्न सकिने बताउँदै लगानीकर्तालाई त्यसतर्फ आकर्षित गर्नुपर्ने भनाई राखे ।
अध्यक्ष ढकालले नेपान उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको मागअनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसँगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको दाबी गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना