पूर्वघोषित आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिने निर्माण व्यवसायी महासंघको निर्णय


काठमाडौं, : नेपाल निर्माण व्यवसायी महासंघले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । महासंघ टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि उक्त कार्यक्रम स्थगित गरेका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको महासंघले जनाएको छ ।
यसअघि महासंघले २७ पुसमा राष्ट्रिय भेला आयोजना गरी चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । महासंघले भुक्तानी, मूल्यवृद्धि तथा विभिन्न सार्वजनिक खरिद कानुनमा रहेका अवरोध हटाउन माग गर्दै आएको छ ।
यसबीच निर्माण व्यवसायीले विभिन्न दलका नेता र विभागीय मन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । साथै, १४ बुँदे माग पूरा गर्न १५ दिनको अल्टिमेटम दिएर १८ माघदेखि सडक आन्दोलन घोषणा गरेका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन