वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गरिदिन अर्थमन्त्रीको आग्रह


काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा देखिएको वित्तीय चापलाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याएको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले ट्रेजरीमा मात्रै भर पर्नु चुनौतीपूर्ण भएकाले वैकल्पिक स्रोत परिचालन आवश्यक भएको बताए ।
प्रतिनिधिसभाबाट छोटो अवधिमै पारित भएको विधेयकलाई राष्ट्रियसभाको विषयगत समितिमा नपठाइ सभाबाटै पारित गरिदिन उपप्रधानमन्त्री पौडेलले आग्रह गरे ।
सो प्रस्तावमाथिको छलफलमा सांसद गोपीबहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, विष्णुबहादुर विश्वकर्मा, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले आ–आफ्ना धारणा राखे । छलफलपछि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना