खोलामा आएको बाढीले रेष्टुरेन्ट सहित घर र मन्दिर बगायो

-lg-1757576558.jpg)
म्याग्दी: बेनी नगरपालिका–४ सिङ्गा तातोपानीस्थित लेते खोलामा आज बिहान आएको बाढीले ठूलो क्षति पु-याएको छ ।
बाढीले प्रेम श्रीसको श्रीस होटल पूर्ण रूपमा पुरेको वडाअध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । साथै, स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र समेत बाढी पसेको छ ।
तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरमा समेत बाढी पसेको छ भने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक समेत अवरुद्ध भएको छ ।
घरभित्र रहेका स्थानीय बाढी आउन थालेपछि सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउन सफल भएका छन् ।
उद्धार तथा नियन्त्रणका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी डोजरसहित जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेको छ भने स्थानीयवासीले सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् ।
बाढी नियन्त्रणका लागि एक सय ३० थान ग्याबियन जाली लगाउने काम भइरहेको छ । तर, बुधबार साँझ लगेर राखिएको केही ग्याबियन जाली समेत बाढीले पुरेको खड्काले बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन