वर्षाका कारण चार प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, छ राजमार्ग आंशिक सञ्चालनमा


काठमाडौं: देशभर परेको अविरल वर्षाका कारण बाढी र पहिरोले चार वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने छ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर पूर्ण अवरुद्ध भएका हुन् ।
त्यसैगरी, वर्षाका कारण अवरुद्ध भएका अन्य छ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। काठमाडौँ–नुवाकोट सडकखण्ड (टोखा नगरपालिका–२), बाग्लुङ नगरपालिका, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका हुँदै सञ्चालन हुने कालीगण्डकी करिडोर तथा रोल्पाको परिवर्तन गाउँपालिका, ग्रामजिम, भुर्तिवाङ र धामाचौर खण्डको सहिद राजमार्ग आंशिक रूपमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले ती क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ। मौसम सुधारसँगै सडक खुलाउने प्रयास जारी रहेको बताइएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना