गल्छी–रातमाटे २२० केभी प्रसारण लाइन निर्माण गरिने


काठमाडौँ – धादिङको गल्छीदेखि नुवाकोटको रातमाटे सबस्टेसनसम्म ८.५ किलोमिटर लामो २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले धादिङको गल्छी गाउँपालिका– ८ मा रहेको मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइनको टावर नं। एपी–१९ र एपी–१९ए को मध्य बिन्दुदेखि नुवाकोटको बेलकोटगढी नगरपालिका–७ धनसरमा निर्माणाधीन रातमाटे सबस्टेसनमा लुप इन, लुप आउट गर्ने गरी उक्त क्वाड सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो । यसका लागि प्राधिकरणले अनुमति माग गरी विद्युत् विकास विभागमा आवेदन समेत पेश गरेको छ ।
यस प्रसारण लाइनबाट ११४७ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ । यस आयोजना अन्तर्गत रातमाटे सबस्टेसनमा २२० केभीको बे एक्सटेन्सन समेत गरिने भएको छ ।
उक्त प्रसारण लाइन अन्तर्गत २९ वटा टावरहरू रहनेछन् । टावरको अधिकतम उचाइ ६९ मिटरसम्म रहने तथा टावरबीचको दूरी ५६३.०७ मिटर देखि १०४.१६ मिटरसम्म हुनेछ । आयोजना निर्माणका लागि कुल २६.२९ हेक्टर जमिन आवश्यक पर्ने र २९ वटा टावरका लागि स्थायी रूपमा २.५२ हेक्टर जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएकाे छ। यस बाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र अन्तर्गत २३.२७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । यो प्रसारण लाइनको क्षेत्राधिकार (राइट अफ वे) मध्य विन्दुबाट १५/१५ मिटर दायाँ–बायाँ कायम गरिने भएको छ । प्रसारण लाइन निर्माण कार्य २८ महिनाभित्र सक्ने लक्ष्य राखिएको जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी