बाढीको पूर्वसूचनाका लागि महाकालीमा कलर कोडसहितको गेज मिटर जडान


काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले महेन्द्रनगरस्थित महाकाली नदीमा कलर कोडसहितको गेज मिटर स्थापना गर्ने भएको छ । बाढीको पूर्वसूचनाका लागि गेज मिटर जडान गर्न लागिएको हो ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहका अनुसार स्थानीय पालिका र गैरसरकारी संस्थाको सहकार्यमा गेज मिटर स्थापनाको कार्यअघि बढेको हो । “कलर कोडसहितको गेज मिटर स्थापनाको काम सुरु गरिसकेका छौँ एक÷दुई दिनभित्रै काम सकिन्छ”, शाहले भने,“कलर कोडसहितको गेज मिटरले यहाँका स्थानीयले सजिलैसँग नदीको जलस्तर थाहाँ पाउनेछन् ।”
उनका अनुसार उक्त मिटरले नदीको सतहअनुसार बाढीको जोखिम सङ्केत गर्न हरियो, पहेँलोे, सुन्तला र रातो रङमार्फत जानकारी दिनेछ । “यसबाट तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ”, उनले भने,“यसले यहाँका जनताले सजिलैसँग आफ्नो आखाँले हेरेर तुरुन्त बाढीको जोखिमबारे थाहा पाउने र सुरक्षित स्थानमा जान सजिलो हुने गरी काम गरेका छौँ ।” उनले हरियो रङले न्यून जोखिमलाई जनाउने र पहेँलो रङले चेतावनी तह पुग्दैछौँ भन्ने जानकारी दिने बताए ।
त्यसैगरी सुन्तला रङले अब खतराको नजिक पुग्दै छौँ भन्ने सङ्केत गर्नेछ भने रातो रङले अब खतराको सङ्केत दिने उने बताए । उनका अनुसार दोधारा चाँदनीको कुतियावरस्थित महाकाली नदीमासमेत कलर कोडसहितको गेज मिटर स्थापनाका लागि अध्ययन भइरहेको छ ।
कुतियाकवर बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो । दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले गेज मिटरले पुलबाट हिँड्ने व्यक्तिले सहज रूपमा देख्न र बुझ्नसक्ने बताए । “भीमदत्त र दोधारा चाँदनीका मानिस हिँड्ने मुख्य बाटो महाकाली पुल भएकाले यहाँ स्थापना भएको गेज मिटरले यहाँका जनताले सजिलै पानीको सतह थाहा पाउनेछन ।”
उनले भने, “यसले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न र विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्छ ।” कलरकोडसहितको गेज मिटरले बाढीको पूर्वतयारीमा लाग्न सहज हुने तटीय क्षेत्रका स्थानीय बताउँछन । “जल तथा मौसम विज्ञान विभागले सामाजिक सञ्जालमा दिने मौसमको पूर्वाअनुमान बुलेटिन र मोबाइलमा आउने सूचनाले बाढीको जोखिमबारे थाहा पाउछौँ ।” यहाँका स्थानी रमेश कडायतले भने, “अब रङ हेरेर थाहा पाइने भएपछि पूर्व तयारीमा लाग्न सजिलो हुन्छ ।”
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्