रसुवागढी हाइड्रोपावरको साधारणसभा २९ पुसमा


काठमाडौं,: रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले २९ पुसमा साधारण सभा गर्ने भएको छ ।
उक्त साधारणसभा स्मार्ट मल धुम्बाराहीमा आयोजना गरिने भएको छ ।
साधारणसभाबाट कम्पनीको सञ्चालक समितिमा रहने २ जना स्वतन्त्र सञ्चालकको मनोनयन/निर्वाचनका विषयमा समेत छलफल सने उक्त कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । २०८१ असार मसान्तको वासलात तथा आव २०८०/८१ को आर्थिक विवरणउपर छलफल गरी पारित गरिनेछ । चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने लगायतका प्रस्तावमाथि छलफल हुनेछ ।
कम्पनीले रसुवामा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याउने तयारी समेत भइरहेको कम्पनीले बताएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन