देशभर साधारणतया बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू–भागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, मधेस प्रदेशका थोरै भू–भाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले वर्षाका कारण ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना