सुनको मुल्य प्रतितोला एक लाख ७० हजार नाग्यो


काठमाडौं: नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना