ग्रीन हाइड्रोजनले स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्छ : मन्त्री बस्नेत


काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ग्रीन हाइड्रोजन स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्ने ठूलो सम्भावनाको रुपमा रहनसक्ने देखिएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले ग्रीन हाइड्रोजन भविष्यको इन्धन भएको हुँदा यसले स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्ने बताएका हुन् ।
मन्त्री बस्नेतले विद्युत खरिद बिक्री सम्झौता भएका र विद्युत उत्पादनको विभिन्न चरणमा रहेका आयोजनाबाट आगामी केही वर्ष भित्रमा ठूलो मात्रामा उत्पादन हुने सम्भावना रहेको बताए । उनले जलविद्युतको खपतलाई बढाउन र दिगो तथा स्वच्छ औद्योगिकरणको गतिलाई तीव्रता दिन ग्रीन हाइड्रोजनको उत्पादन र उपयोग आगामी दिनमा अपरिहार्य देखिएकाले ग्रिन हाइड्रोजन नीति, २०७९ ल्याइएको बताए । उनले यसको कार्यान्वयका लागि आवश्यक नीतिगत, संस्थागत र कार्यप्रणालीगत कदमहरु प्राथमिकताकासाथ अघि बढाइएको पनि जानकारी दिए । मन्त्री बस्नेतले हाल थप ८ सय मेगावाटको सोलार आयोजनाहरुको लागि प्रतिष्पर्धामार्फत विद्युत खरिद सम्झौता गर्न बोलपत्र आह्वान भइसकेको र मूल्यांकनको प्रक्रियामा रहेको जानकारी गराए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता