कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


काठमाडौँ: देशभर आज साधारणतया बदली रहने मौसम विज्ञहरूले बताएका छन् । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै बाँकी पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा समेत वर्षा हुने देखिन्छ।
बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी, अर्को विवरणअनुसार सुदूरपश्चिमका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको मौसमविद्हरूले बताएका छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना