कोशी–गण्डकी–लुम्बिनीमा भारी वर्षाको सम्भावना, पहाडी क्षेत्रमा पहिरोको जोखिम, सतर्क रहन आग्रह

-lg-1750653475-lg-1755833466.jpg)
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले आज देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका तराई र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ ।
आज राति पनि देशका पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । यस अवधिमा गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।
महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्क रहन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना