बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ‘बुलेटिन’ अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
यस्तै, आज राति पनि देशभर सामान्य बदली रहने र कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षा हुने विभागले जनाएको छ ।
विभागले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम उच्च हुने, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा रहन पनि सुझाव दिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना