कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं: मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिएकाले नेपालमा मनसुन केही कमजोर भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको क्रम भने निरन्तर रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। मधेस, कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ। मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना