कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : देशभर मनसुनी प्रणालीको प्रभाव जारी रहँदा आगामी २४ घण्टासम्म देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्हरूले बताएका छन्।
मंगलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत देखिएको छ।
आज राति पनि यस्तै खालको मौसमी अवस्था रहने अनुमान छ। रातिको समयमा समेत कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
सावधानीका लागि मौसमविद्हरूले सम्भावित भारी वर्षाका क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना