आगामी २४ घण्टामा देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं : नेपालभर हाल कमजोर मनसुनी प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टाको मौसम विश्लेषण अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सोही क्षेत्रका पहाडी भू-भागका केही स्थानहरूमा र देशका अन्य भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि कोशी, मधेश र बागमती प्रदेशका अधिकांश भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। मौसमविद्हरूले कोशी र मधेश प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा भारी वर्षा समेतको सम्भावना रहेको जनाएका छन्।
हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेको र देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। यद्यपि स्थानीय वायु, पश्चिमी वायु प्रणाली तथा भू-आकृतिको प्रभावले कतिपय स्थानमा वर्षा हुने देखिएको हो।
महाशाखाले सम्भावित वर्षाका कारण नदी-नाला र पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना