आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान


काठमाडौं: मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन सामान्यभन्दा केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेका कारण वर्षा हुने क्रम भने जारी रहने उल्लेख गरिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । यस अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा, साथै मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज राति पनि देशका अधिकांश पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ । यस अवधिमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना