सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु, उपलब्धि उजागर गर्ने तयारी


काठमाडौं: नेपालले यस वर्षको सोभरेन क्रेडिट रेटिङ प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयमा आज बसेको उच्चस्तरीय बैठकले रेटिङका लागि आवश्यक तयारी व्यवस्थित गर्ने र गत वर्षयता नेपालले हासिल गरेका प्रमुख उपलब्धिहरु प्रभावकारी ढंगले प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी गृहकार्य गर्न निर्देशन दिए । उनीले विशेषगरी अर्थतन्त्र, नीति तथा कानुनी सुधार, सुशासन, राजनीतिक स्थायित्व, सडक, पर्यटन र जलविद्युत् क्षेत्रका उपलब्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी थिए। अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले हालसम्म भएका तयारीबारे प्रस्तुति दिए ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपाललाई सोभरेन क्रेडिट रेटिङ दिने गर्दै आएको छ। यो वर्ष पनि फिचको टोली नेपाल आउने कार्यक्रम रहेको छ । गत वर्ष फिचले गरेको मूल्याङ्कनमा नेपालले बीबी माइनस (द्यद्य–) रेटिङ प्राप्त गरेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना