सेयर बजार घटेपनि हाइड्रोपावरमा उच्च कारोबार


काठमाडौं : आइतबार सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो । सवा ९ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ३.४४ अंक घटेको छ । सो गिरावटपछि २६२० मा कायम भएको छ ।
बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरुको अधिक कारोबार भएको छ । अरु बेला पनि यो सेक्टरका कम्पनीको उच्च कारोबार हुने गरेको छ । तर आइतबार भने करिब ५९ प्रतिशत हिस्सा यहीं एउटा सेक्टरले ओगट्यो ।
५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरुको मात्रै कारोबार भयो । कुल कारोबारमा यो ५८.९ प्रतिशत हो । उच्च कारोबारका बाबजुत यो सेक्टर आज ०.०९ प्रतिशत घट्यो ।
हाइड्रोपावरका अलवा फाइनान्स १.३०, लगानी ०.८६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.२५, व्यापार ०.८४ तथा अन्य ०.०२ प्रतिशत घटे । बैंकिङ ०.१०, विकास बैंक ०.०६, होटल तथा पर्यटन ०.०४, उत्पादन ०.६२ तथा निर्जीवन बीमा ०.२३ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढेको हो । यीमध्ये ओम मेगाश्री आजैदेखि कारोबारमा आएको हो । जसको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै अपरसोलु हाइड्रो इलेक्ट्रिकको ९.८४, तथा सपोर्ट माइक्रोफाइनान्सको ९.०४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रिभरफल्स पावरको ७.५५ तथा भूगोल इनर्जीको ६.१५ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा पनि हाइड्रोपावरको वर्चस्व रह्यो । रकमका आधारमा धेरै कारोबार भएका १० कम्पनीमध्ये ७ वटा हाइड्रोपावर नै रहे । धेरै कारोबार भएका १० कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, एचआईडीसीएल प्रमोटर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, अरुणभ्याली हाइड्रोपावर र एचआईडीसीएल छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता