‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यातबाट ६ खर्बदेखि ७ खर्ब पैसा कमाउन सकिन्छ : कुलमान


काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउने बताएका छन् ।
सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, ‘भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सक्यौं भने करिब–करिब ६ खर्बदेखि ७ खर्ब पैसा कमाउने छ प्रत्येक वर्ष । त्यो भनेको हाम्रो ४५/५० खर्ब जीडीपीको १५/२० प्रतिशत रकम हाम्रो विद्युत् निर्यातबाट मात्र हुने छ ।’
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक पदमा रहेका बेला भएको भारत भ्रमणमा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो ।
घिसिङले नेपालमा जलविद्युत्बाट यातायात क्षेक्रमा ठूलो त्रान्ति ल्याएको पनि बताए । ‘ट्रान्सपोर्टेसनमा ठूलो क्रान्ति आएको छ त्यो विद्युत् भएर हो,’ घिसिङले भने, ‘लोडसेडिङ भएको भए आज इलेक्ट्रिकल भेइकल, चार्जिङ स्टेसनको नाम पनि देख्न सकिन्नथ्यो । तर अहिले टोटल गाडीमा अब १० प्रतिशत इलेक्ट्रिकल गाडी आइसक्यो ।’
उनले अब धेरै ठाउँमा खाना पकाउने ग्याँस र पेट्रोल डिजेल प्रतिस्थापन गर्नुपर्ने बताए । त्यसो गर्न सकिए व्यापार घाटा कम हुने उनको भनाइ छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता