कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

इलाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३४ जना पुग्यो

जलसरोकार
आइतबार, असोज १९, २०८२ | १३:४३:२५ बजे

 

इलाम : लगातार परेको वर्षासँगै आएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, मृतकको विवरण यस प्रकार छः सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका–६ घोसमा ६, सन्दकपुर गाउँपालिका ४, माङ्सेबुङ गाउँपालिका ३, देउमाई नगरपालिका ८, माइजोगमाई गाउँपालिका ७ र फाकफोकथुम गाउँपालिका १ ।

बेपत्ता हुनेमा सन्दकपुर गाउँपालिका २, इलाम नगरपालिका १ र माइजोगमाई गाउँपालिका १ जना रहेका छन्। जिल्ला प्रशासनले उद्धार र राहत कार्य तीव्र पार्दै थप क्षतिको विवरण संकलन गरिरहेको छ।

प्रकाशित मिति : आइतबार, असोज १९, २०८२ | १३:४३:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया