८ महिनामा १५ अर्ब ८१ करोड बराबरको साढे ६ हजार विद्युतीय सवारी साधन आयात
जलसरोकार
काठमाडौं– पछिल्लो ८ महिनाको अवधिमा नेपालमा साढे ६ हजारको हाराहारीमा विद्युतीय सवारी साधन भित्रिएको छ । साउनदेखि फागुनसम्मको अवधिमा ६ हजार ४३५ विद्युतीय सवारी साधन आयात भएको भन्सार विभाले जनाएको छ ।
विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको ६ हजार ४३५ वटा सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका छन् । विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनाको अवधिमा गत वर्षको तुलनामा २.९२ प्रतिशतले बढेको हो ।
८ महिनामा १५ अर्ब ८१ करोड ९७ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको छ । विभागका अनुसार गत २०७९/८० को ८ महिनामा ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँ बराबरका २ हजार १९८ वटा विद्युतीय गाडी आयात भएका थिए । गत आर्थिक वर्षको २०७९/८० सोही अवधिमा विद्युतीय सवारी साधनबाट १ अर्ब ७३ करोड ८९ लाख ६३ हजार राजस्व संकलन गरिएको थियो । उक्त अवधिमा २ हजार १९८ विद्युतीय गाडी आयात भएका थिए ।
८ महिनामा आयात भएका साढे ६ हजार विद्युतीय सवारीबाट सरकारको ढुकुटीमा ७ अर्ब रुपैयाँ राजस्व गएको छ । साउनदेखि फागुनसम्ममा ६ अर्ब ९९ करोड २६ लाख ३ हजार रुपैयाँ बराबरको राजस्व सरकारको ढुकुटीमा गएको छ । नेपालमा सबैभन्दा धेरै चीनबाट विद्युतीय सवारी साधान आयात हुने गरेको छ ।
याे पनि: विद्युतीय गाडीले अहिले नै वार्षिक २ अर्ब ८८ करोडको पेट्रोलियम प्रतिस्थापन
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्