मधेस प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट सिमरामा, सबैभन्दा बढी मौलापुरमा

काठमाडौं : सात प्रदेशमध्ये सबैभन्दा बढी विद्युत् चुहावट भएको प्रदेश हो— मधेस । सात प्रदेशमध्ये मधेशमा विद्युत् चुहावट ३५.५६ प्रतिशत छ ।
नेपाल विद्युत् प्राधिकरणले हालै प्रकाशन गरेको प्रतिवेदन अनुसार मधेश प्रदेश आफैको वितरण चुहावट १५.२९ प्रतिशत छ ।
आव २०८०/८१ मा २१३८.२२ गिगावाट घण्टा (२ अर्ब १३ करोड ८२ लाख २० हजार युनिट) बिजुली बिक्री गरेको मधेस प्रदेशअन्तर्गत २३ वितरण केन्द्र छन् । उक्त आवमा सबैभन्दा कम विद्युत् चुहावट भएको वितरण केन्द्र सिमरा हो । सिमरामा १.४० प्रतिशत मात्र विद्युत् चु्हावट छ ।
अर्कातिर सबैभन्दा बढी विद्युत् चुहावट मौलापुर (४३.५० प्रतिशत) वितरण केन्द्रमा छ । प्राधिकरणले उक्त आर्थिक वर्षमा विद्युत् चुहावटसम्बन्धी ७ हजार ९७ पटक कारबाही गरी ६ करोड २० लाख रुपैयाँ असुलेको थियो । कारबाहीका क्रममा बिजुली चोर्ने कार्यमा संलग्न रहेका २ हजार ६ सय ५६ जनालाई पक्राउ गरेको थियो ।
आव २०८०/८१ मा मधेस प्रदेशअन्तर्गतका वितरण केन्द्रहरुमा विद्युत् चुहावटको अवस्था :
मौलापुर ४३.४०
मलंगवा ४२.९१
सिम्रौनगढ ४१.०३
कलैया ३३.१७
जलेश्वर २८.५८
यदुकुहा २७.४९
राजविराज २६.६८
जनकपुर २५.७९
गौशाला २३.८२
सखुवा २२.८३
बेदेबरसाइन २३.२८
लहान २२.७४
कंचनपुर २२.२३
सिरहा २१.५४
बरहथवा २१.२५
पोखरिया २१.०२
धनुषाधाम १९.५२
सखुवा १७.४०
लालबन्दी १६.४२
च.पुर ११.५२
वीरगञ्ज ५.८८
मिर्चैया ३.०१
सिमरा १.४०
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता