सेयर बजारमा बजारको अंकसँगै कारोबार पनि घट्यो


काठमाडौं: मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको भयो ।
४१ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ५ स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा व्यापार समूह ०.८४ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६०, शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशत मूल्य बढ्यो ।
सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । सिर्जनशील लघुवित्तको ९, नेपाल रिपब्लिक मिडियाको ७.४ तथा समाज लघुवित्तको ५.८७ प्रतिशत मूल्य घट्यो । आज पनि हिमालयन रिइन्स्योरेन्सको १ अर्ब बढीको कारोबार भयो ।
अघिल्लो दिन यस कम्पनीको १ अर्ब ३८ करोडको कारोबार भएकोमा आज १ अर्ब ९ करोडको भयो । हिमालयन रिपछि नेपाल पुनर्बीमा कम्पनी, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर र युनिभर्सल पावर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्