अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध


गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट खटिएको टोली बिहानैदेखि सडक खुलाउन प्रयासरत भए पनि लगातार वर्षाका कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
सडक अबरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ सवारीसाधन सञ्चालनमा आउन नसकेको छ । वर्षा रोकिनासाथ स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले उपकरणमार्फत पहिरो पन्छाएर सडक सुचारु गर्ने तयारी गरेको अधिकारी सारुले बताए ।
कालीगण्डकी करिडोर सडकमा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या पटक–पटक दोहोरिने गरेको स्थानीयले बताएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन