अविरल वर्षाले देशभर आठ राजमार्ग पूर्ण अवरुद्ध


काठमाडौं: गए रातिदेखि देशभर परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागका प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आठ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको नेपाल–चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, लमजुङको मस्र्याङ्दी गाउँपालिकाको बेँसीशहर–मनाङ सडकखण्ड, गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी–बामी सडकखण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिकास्थित रिडी–वामी सडकखण्ड, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडकखण्ड र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
यस्तै, काठमाडौँको टोखा हुँदै नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा भने एकतर्फी रूपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेकाले केही स्थानमा सवारीसाधन बाटोमै रोकिएका छन् भने कतिपय स्थानमा सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ। प्रहरी प्रधान कार्यालयले नागरिकहरूलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा नजान अनुरोध गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्