अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण


काठमाडौँ : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी छन् ।
आज बिहान सिंहदरबार पुगेर उनले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन् । पदभार ग्रहण गर्नुअघि कार्कीले शहीद गेटमा माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।
उनी सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट औपचारिक रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा उपस्थित भएकी थिइन् ।
जेनजी आन्दोलनको बलमा सुशीला कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन