आज पानी पर्ने


काठमाडौ : गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
बुलेटिनअनुसार हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना रहेको र राति मुख्यतया सफा रहने सम्भावना बुलेटिनमा छ ।
बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंशिक खि साधारणतया बदली रही हल्का वर्षाको सम्भावना छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता