झापा इनर्जीको आईपीओ आजदेखि खुला


काठमाडौं : झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । शुक्रबारदेखि आवेदन खुला भएको यस आईपीओअन्तर्गत ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
यसअघि आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ ।
हिमालयन क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको भूमिका निर्वाह गरिरहेको छ । न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले कम्पनीलाई बी माइनस (द्य–) रेटिङ प्रदान गरेको छ । गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ४ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा मात्र रहेको छ । सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब ८ करोड ७९ लाख रुपैयाँ बराबर पर्ने देखिन्छ ।
आयोजनाको अनुमतिपत्र बहाल अवधि अझै २२ वर्ष बाँकी छ । कम्पनीले इक्वीटीमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि करिब ९.५५ वर्ष हुने जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना