वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध


बागलुङ: अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डमा यातायात सेवा ठप्प भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
पहिरोका कारण सो खण्डमा सवारीसाधन आवागमन रोकिएको छ । विशेषगरी कालाखोला क्षेत्र यसअघि पनि बारम्बार पहिरो खस्ने संवेदनशील स्थानका रुपमा रहेको छ । अहिले पनि ठूलो मात्रामा माटो र ढुंगामाटो खस्दा सडक अवरुद्ध हुन पुगेको हो ।
प्रहरीका अनुसार वर्षा जारी रहेकाले तत्काल सडक खुलाउने काममा कठिनाइ भएको छ । वर्षा रोकिएलगत्तै कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिका मिलेर सडक सुचारु गर्ने प्रयास गर्ने तयारी गरिएको छ ।
यस अवरोधका कारण बागलुङ हुँदै आवतजावत गर्ने यात्रु र स्थानीयवासीले समस्या भोग्नुपरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन