कमल थापाले बोलाए पदाधिकारी बैठक


काठमाडौं: राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् ।
आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
आगामी दिनमा हिन्दुराष्ट्र तथा राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नका लागि राजावादीहरुबीच एकजुट हुनुपर्ने आवाज उठिरहेका बेला थापाले बैठक बोलाएका हुन् ।
महामन्त्री बर्तौलाका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार काठमाडौंमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम र आगामी योजनाबारे बैठकमा छलफल हुने छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन