करेन्ट लागेर मृत्यु भएका उपेशको शव परिवारले बुझे


काठमाडौं: करेन्ट लागेर मृत्यु भएका उपेश परियारको शव परिवारले बुझेका छन् । विद्युत प्राधिकरण, उपेशको परिवार र उनलाई काम लगाउने ठेकदारबीच सहमति जुटेपछि परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलले जानकारी दिए।
शनिवार काभ्रे वितरण केन्द्रबाट विस्तारित धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको बिजुलीको खम्बामा करेन्ट लागेर उनको मृत्यु भएको थियो।
’उहाँहरूले आपसी सहमति गरेपछि कानुनी प्रक्रिया पूरा गरेर शव बुझ्ने काम भएको छ,’ उनले भने, ’बाँकी अनुसन्धान भइरहेको छ ।’
विद्युत वितरण केन्द्र काभ्रेका साहायक प्रशासनिक अधिकृत कैलाश आचार्यका अनुसार मृतकका परिवारलाई ठेकदारले १० लाख दिने र प्राधिकरणले पनि नियमअनुसारको क्षतिपूर्ति दिने सहमति भएको छ ।
प्राधिकरणको नियम अनुसार काम गर्दैगर्दा कसैको मृत्यु भएमा ५ लाख रूपैयाँ क्षतिपूर्ति दिने प्रावधान छ । सोही अनुसार सम्झौता भएको छ ।
उनी सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका हुन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना