काठमाडौैं विश्वविद्यालयका उपकुलपतिका आंकाक्षी : कसले कति नम्बर पाए ?


काठमाडौं : काठमाडौं विश्वविद्यालयले उपकुलपति छनोट प्रक्रिया औपचारिक रूपमा सुरूआत गरेता पनि विभिन्न कारणले गर्दा यो प्रक्रिया लम्बिएको देखिन्छ ।
प्रारम्भिक चरणमै धेरै बाधा उत्पन्न भएका छन्, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ । सुरुमा उपकुलपति पदको योग्यता मापदण्डमा चिकित्सा क्षेत्रका डाक्टरहरू अटाएका थिएनन्, जसका कारण धेरै प्रश्न उठे । त्यसपछि चिकित्सा क्षेत्रका डाक्टरहरूलाई समेत प्रतिस्पर्धामा समेट्ने गरी सुधार गरिएको छ ।
मापदण्ड सुधार भएपछि अहिले मेडिकल डाक्टरहरू र प्राध्यापकहरू दुवै समूह प्रतिस्पर्धामा छन् । यसले छनोट प्रक्रियालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।
केयूका मेडिकल डाक्टरहरूले आवेदन दिन नपाएपछि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई कार्यविधि संशोधन गर्न निवेदन दिएका थिए । त्यसअघि, उनीहरू सर्वोच्च अदालतसम्म पुगेका थिए, तर अदालतले अन्तरिम आदेश नदिएपछि अन्ततः ओलीलाई अनुरोध गरेका थिए ।
कुलपति रहेको हैसियतले प्रधानमन्त्री ओलीले आफ्नो अधिकार प्रयोग गर्दै चिकित्सा क्षेत्रका उम्मेदवारहरूलाई पनि प्रतिस्पर्धामा समावेश गर्ने व्यवस्था लागू गरेका छन् ।
खोज समितिले प्रारम्भिक मूल्यांकन पूरा गरिसकेको छ, जसअनुसार २० जना उम्मेदवारहरू प्रारम्भिक चरणमा सफल देखिएका छन् । स्वतन्त्र विश्लेषकहरूको अनुसन्धानअनुसार, खुला स्रोत र इन्टरनेटमा उपलब्ध जानकारीको आधारमा गरिएको अध्ययन प्रतिवेदन प्राप्त भएको छ ।
खोज समितिले तोकेको सूचीकरण मापदण्ड (तस्वीर १) अनुसार, उम्मेदवारहरूको ३० पूर्णाङ्कको विस्तृत मूल्यांकन गर्दै मेरिटका आधारमा र्याङ्किङ गरिएको छ, जसको विवरण तल दिइएको तस्वीर २ मा देख्न सकिन्छ ।

तस्वीर १: खोज समिति द्वारा प्रदान गरिएको मार्गनिर्देशन अनुसार मूल्याङ्कन मापदण्ड

तस्वीर २ : उम्मेदवारहरूको ३० पूर्णाङ्कको विस्तृत मूल्यांकन गर्दै मेरिटका आधारमा गरिएको र्याङ्किङ
विभिन्न सञ्चार माध्यमहरूमा आएको समाचारअनुसार, प्राध्यापक डा. भोला थापा र प्राध्यापक डा. अच्युत वाग्ले मुख्य प्रतिस्पर्धी देखिन्छन् भन्ने समाचार फैलिएको पाइन्छ। तर, छनोट प्रक्रियामा गरिएको मूल्यांकनको आधारमा यी दुई प्रतिस्पर्धीहरू बीच ठूलो अन्तर देखिन्छ। यस परिस्थितिमा, केवल राजनीतिक पहुँचको आधारमा छनोट प्रक्रियामा प्रभाव पार्नु कठिन देखिन्छ, किनकि मूल्यांकन प्रक्रिया मेरिट-आधारित प्रणालीमा केन्द्रित हुँदै गएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्