खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन सुरु


काठमाडौं: खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (मंगलबार)देखि हकप्रद सेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको हो । असार २६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई ‘बी’ रेटिङ प्रदान गरेको छ । तर, हाल यो कम्पनी घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । जसका कारण प्रतिसेयर आम्दानी ऋणात्मक ७.५१ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ हाल ७३ रुपैयाँ मात्र रहेको छ ।
बाढीका कारण उत्पादन संरचना क्षतिग्रस्त भएपछि कम्पनीका आयोजना बन्द अवस्थामा रहेका छन् । कम्पनीले ४.३६ मेगावाट क्षमताको टुंगुन–ठोस्ने र २ मेगावाट क्षमताको खानीखोला आयोजना सञ्चालन गर्दै आएको थियो । दुवै आयोजना क्षतिग्रस्त भए पनि संरचनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको सेयर मूल्य नेप्सेमा प्रतिकित्ता २६८ रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना