मध्यपूर्वी देशहरुमा रहेका नेपालीहरुसँग प्रत्यक्ष भेटघाट गरी दुखसुख साटासाट गर्न कुलमान घिसिङ प्रस्थान


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ मध्यपूर्वी देशहरुमा रहेका नेपालीहरुसँग प्रत्यक्ष भेटघाट गरी दुखसुख साटासाट गर्न आज बिहान प्रस्थान गरेका छन् ।
आगामी असार २९ गतेसम्म मध्यपूर्वी मुलुकहरु बहराइन, संयुक्त अरब इमिरेट्स, ओमान र कतारमा रहेका नेपालीहरुसँग भेटघाट गर्न जान लागेको जानकारी घिसिङले सामाजिक सञ्जालमार्फत दिएका छन् ।
मध्यपूर्वी देशहरुमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सम्बोधन गर्दै घिसिङले भनेका छन्, ‘विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु ।’

‘अहिले बहराइन, ओमान, युएई र कतारमा रहनु भएका तपाईंहरुको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरु साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ,’ उनले लेखेका छन्, ‘ मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।’
मध्यपूर्वी देशहरुमा नेपालीहरुको संख्या करिब १६ लाख रहेकाे अनुमान छ ।
घिसिङले थप लेखेका छन्, ‘तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।’
उनले मध्यपूर्वी देशहरुमा रोजगारको सिलसिलामा रहेका नेपालीहरुलाई देशले सम्झिएको उल्लेख गर्दै भनेका छन्, ‘ तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव, र साथ सधैं अमूल्य रहनेछ ।’
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्