कुलमान घिसिङको माग : जेनजी पुस्तासहित अन्तरिम सरकार गठन गरौ


काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले अविलम्ब आम चुनावको मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । हालैको घटनामा १९ जनाको ज्यान गएको प्रसंग उल्लेख गर्दै घिसिङले यस्तो घटना सामान्य नभएको र वर्तमान राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी स्वीकार गरी पदत्याग गर्नुपर्ने बताएका छन् ।
जेनजी पुस्ता देशको भविष्य भएको उल्लेख गर्दै घिसिङले बुँदागत रुपमा केही प्रस्ताव अघि सारेका छन् । तीमा जेनजी पुस्ताको गुनासोलाई सम्बोधन गर्ने, उनीहरूको आकांक्षा पूरा गर्ने अवस्था सिर्जना गर्ने, अन्तरिम सरकार गठन गरी छिट्टै चुनाव गराउने लगायत छन् ।
संविधानमा आवश्यक संशोधन गरी जेनजी पुस्ताको नेतृत्व विकासमा सहयोग पुग्ने वातावरण बनाइनुपर्ने घिसिङको भनाइ छ । साथै, सबै तहमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्ने र भ्रष्टाचारीलाई फास्ट ट्र्याकमार्फत कडा सजायको व्यवस्था गर्नुपर्ने उनले प्रस्ताव गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन