तुइन खोलाको पहिरो हटाउने कार्य ६० प्रतिशत सकियो, आज रातिसम्ममा सञ्चालनमा ल्याइने अनुमान


चितवन: मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा आएको पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ । नारायणगढतर्फबाट १ एक्साभेटर र १ लोडर तथा मुग्लिनतर्फबाट २ लोडर र १ एक्साभेटरसहित दुवैतर्फ १÷१ ब्याक हो लोडर परिचालन गरिएको छ । तर कार्यक्षेत्र साँघुरो भएकाले एकैपटकमा पाँचवटा उपकरण मात्र प्रयोग गर्न सकिने अवस्था रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
नारायणगढतर्फको भागमा ठूला ढुंगाहरूका कारण कठिनाइ भएपनि उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन्। हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने कार्य सम्पन्न भएको छ ।
ढुंगाको मात्रा बढी हुनु, तिखा ढुंगाका कारण टायर पन्चर हुने तथा अपरेटर घाइते हुने जोखिमका कारण अपेक्षित प्रगति हुन नसकेकाले हेभी इक्विप्मेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर समेत खटाइएको छ ।
अवरोध नआए निरन्तर काम गर्न सकिने खण्डमा आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याइने अनुमान गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन