राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौ : नेपाली सेना


काठमाडौँ: नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाउन सबै नागरिकले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै जस्तोसुकै परिस्थितिमा पनि नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा सेना प्रतिबद्ध रहने स्पष्ट पारेको छ । साथै परिस्थितिजन्य जिम्मेवारीमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग पु¥याउन सबैलाई आग्रह गरेको छ ।
हाल जारी निषेधाज्ञा आज बेलुकी ५ बजेसम्म र भोलि भदौ २६ गते बिहान ६ बजेसम्म निरन्तर रहने सेनाले जनाएको छ । आन्दोलनको नाममा अराजक गतिविधि, सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित आक्रमण तथा बलात्कारको प्रयाससम्म भएका कारण निषेधाज्ञा जारी राखिएको बताइएको छ ।
निषेधाज्ञाका बेला एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ । आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।
आन्दोलनका नाममा हुने कुनै पनि अराजक गतिविधिलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही गरिने चेतावनी पनि सेनाले दिएको छ । साथै अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्रमा भर पर्न अनुरोध गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन