आगामी २४ घण्टामा देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशभर सामान्य बदली रहने जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमी विश्लेषणअनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तरतर्फ तथा पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित रहेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना