विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाखको क्षति


धनगढी,: धनगढीमा विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।
आइतबार राति धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडी स्टोरमा विद्युतको तार सर्ट भइ आगलागी भएको थियो ।
आगलागीबाट होटेल र पसलभित्र रहेका किराना लगायतका सामान जलेर ३० लाखको क्षति भएको प्रहरीले जनाएको छ । तर, आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन ।
आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन