लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने


काठमाण्डौ : लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा रहेकाे १३ मेगावाट क्षमता भएकाे कम्पनीले आगामी वार्षिक साधारण सभामा आईपीओ निष्कासन गर्न प्रस्ताव लैजाने भएको छ ।
सभामा बार्षिक प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०/ ०८१का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक मध्ये नेशनल हाईड्रोपावर कम्पनीबाट प्रतिनिधित्व गर्ने ४ जना र बाँकी रहेका सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ ।
लोअर इर्खुवा हाईड्रोपावर कम्पनीकाे सभा पुस २५ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेंट बालुवाटार, काठमाण्डौमा बिहान ११ बजे हुने छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन