पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध


दार्चुला: महाकाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको ठूलो पहिराले राजमार्ग ठप्प भएपछि दार्चुला जाने तथा दार्चुलाबाट छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको छ ।
यसअघि मंगलबार पनि सोही क्षेत्रमा खसेको पहिरोका कारण महाकाली राजमार्ग केही घण्टासम्म अवरुद्ध भएको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन