अविरल वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध, सवारी आवागमन प्रभावित


काठमाडौँ: अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुगेको छ र सवारी आवागमन व्यापक रूपमा प्रभावित भएको छ । मौसम क्रमशः खुल्दै गए पनि धेरै सडकखण्डमा पहिरो, बाढी र सडक भासिएको कारण आवागमन रोकिएको छ ।
पृथ्वी लोकमार्गको जवाङखोला सडक माथिबाट पहिरो खस्दा पूर्णरूपमा बन्द भएको छ । जोखिमका कारण सरकारले लामो दूरीका सवारीसाधन र रातको समयमा आवागमन असोज २० गतेसम्म रोक्ने निर्णय गरेको थियो। आज मौसम खुले पनि बाढीपहिरोले अवरुद्ध नभएका सडकमा सवारीसाधन संचालन खोल्न पहल भइरहेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा–गोदाम–टखेल सडक दुवै तर्फका सवारीसाधन रोकिएका छन् ।
नारायणगढ–मुग्लिङ सडक खण्डमा चितवनको नाम्चेखोला र तुइनखोलामा माथिबाट पहिरो खस्दा बाटो एकतर्फी अवरुद्ध भएको छ ।
काभ्रे–अरनिको राजमार्ग धुलिखेलदेखि दोलालघाट र सिन्धुपाल्चोकसम्म दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि रोकिने अवस्था छ ।
रसुवागढी नाका, घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडक खण्डमा बाढी र सुक्खा पहिरोले सडक अवरुद्ध । सङ्खुवासभा, खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध।
अरनिको राजमार्ग चारकिलोस्थित सडक भासिएर अवरुद्ध । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल–काठमाडौँ सडक, कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक दुईतर्फी अवरुद्ध ।
सिन्धुलीको सिन्दुरे–दोभान र धनकुटाको साँगुरीगढी–कोशी लोकमार्गमा पहिरो गएर तीन ठाउँमा बाटो अवरुद्ध । प्रहरी र स्थानीय प्रशासनले जोखिमयुक्त सडक खण्डमा यात्रुहरुलाई सचेत रहन अनुरोध गर्दै अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन