सूचनाबिना प्राधिकरणले बिजुलीको लाइन काट्न थालेको भन्दै माओवादी सांसदको आपत्ति, सभामुखसँग रुलिङको माग


काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले पटक–पटक बिजुलीको लाइन काट्न थालेको भन्दै माओवादी केन्द्रका सांसदले संसदमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विद्युत् प्राधिकरणले जनतालाई सूचना नदिई पटक–पटक लाइन काट्न थालेको भन्दै आपत्ति जनाएकी हुन् ।
सांसद शर्माले गर्मीको समयमा सूचनाबिना लाइन काट्दा जनता आहत भइसकेको बताइन् । उनले जनताको जीवनमाथि खेलबाड नगर्न प्राधिकरणलाई आग्रह गरिन् ।
सांसद शर्माले प्राधिकरणलाई लाइन नियमित दिन रुलिङ गर्न सभामुखसँग माग समेत गरेकीछिन् । ‘लाइन नियमित दिइयोस् भनेर सभामा प्राधिकरणलाई रुलिङ गरियोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन